अर्थ संसार, काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउन शुरु भएपछि निम्न अनुसारकाे सामाग्री आयात भएका छन् :
१. औषधि : ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ
२. खाद्यान्न : तीन लाख १२ हजार ८८१ मेट्रिक टन
३. दलहन : ७८ हजार २२७ मेट्रिक टन
४. तरकारी : ९९ हजार ३७३ मेट्रिक टन
५. फलफूल : ३९ हजार ४४८ मेट्रिक टन
६. दुग्धजन्य पदार्थ : १२ हजार ३११ मेट्रिक टन
यसैगरी, लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्तादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिएका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस