Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

विहीबार, ०४ असार २०७७, १६ : ४७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

कैलालीको गोदावरी नगरपालिका-४ घर भएका ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको काेराेनाकाे कारण मृत्यु भएकाे हाे । दुवैजनाकाे बुधबार मृत्यु भएको हो ।

४६ वर्षीय पुरुषको उपचारकै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे ।उनमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, मृतक महिलाको जेठ ३१ गते टाउकोमा चोट लागेको र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर सर्जरी गर्नु अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

 

5eeb4a176c491.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको