Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ चयन

निशा हुमाँगाई

विहीबार, ०४ असार २०७७, १५ : ३७ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ चयन

अर्थ संसार, काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्य परिवर्तन भएको छ ।

कम्पनीले बिहीबार एक सूचना प्रकाशन गर्दै कोषबाट प्राप्त पत्रको आधारमा यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठको प्रतिनिधित्व रहेकोमा अब बिजय कुमार श्रेष्ठलाई चयन गरिएको जानकारी दिएकाे छ ।

कम्पनीकाे असार २ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले बिजय कुमार श्रेष्ठलाई कोषको प्रतिनिधित्व रहने गरि सञ्चालकमा नियुक्त गरेको उक्त सूचनामा उल्लेख गरिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eeb3c246e77c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको