Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डलाई भाडामा घर चाहियो, ३० देखि ४० वटा कोठा हुनु पर्ने, लोकेशन कता ?

अर्थ संसार

आइतबार, ०७ असार २०७७, १५ : २४ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डलाई भाडामा घर चाहियो, ३० देखि ४० वटा कोठा हुनु पर्ने, लोकेशन कता ?

अर्थ संसार, काठमाडौं-नेपाल धितोपत्र बोर्डलाई भाडामा घर चाहिएको  छ । बोर्डको अनुसार ३० देखि ४० कोठा भएको घर भाडामा चाहिएको हो ।

धितोपत्र बोर्डको कार्यालय भाडामा बस्ने घरमा २० वटा चार पांग्रे सवारी साधान, ५० वटा मोटरसाइकल पार्किङ्ग मिल्ने एवम् करिव १० हजार वर्गफिट क्षेत्रफल भएको निर्माण सम्पन्न भई पार्टीशन गर्न मिल्ने घर कार्यालय प्रयोजनको लागि प्रयोग गर्ने सकिने घरधनीले २१ दिनभित्र बोर्डमा आई सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

लोकेशन कता ?

धितोपत्र बोर्डको अनुसार जावलाखेल, सातदोबाटो, सानेपा, कुपण्डोल, रामशाहपथ, थापाथली, बबरमहल, लाजिम्पाट, कालिकास्थान, डिल्लीबजार, कमलपोखरी, बालुवाटार, बानेश्वर, कमलादी, महाराजगन्ज, चावहिल वा आसपासको क्षेत्र रहेको छ ।

5eef2cf9da9a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको