Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २४ अर्बको ट्रेजरी बिल जारी गर्दै

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १५ : ४६ मा प्रकाशित

राष्ट्र बैंकले २४ अर्बको ट्रेजरी बिल जारी गर्दै

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल जारी गर्न लागेको हो । भाेलि (असार ८ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (असार ९ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।  

बैंकले एक सूचनामार्फत २८ दिन, ९१ दिन र १८२ दिनको अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।

२८ दिन अवधिको ५ अर्ब रूपैयाँकाे, ९१ दिनको १४ अर्ब तीन करोड रुपैयाँकाे र १८२ दिनको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5eef325401eef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको