Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ ल्याउन धितोपत्र बोर्डको ढोकामा पुग्याे जनरल इन्स्योरेन्स

निशा हुमाँगाई

सोमबार, ०८ असार २०७७, २० : २१ मा प्रकाशित

आइपिओ ल्याउन धितोपत्र बोर्डको ढोकामा पुग्याे जनरल इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ । कम्पनीले आइपीओ निष्कासन गर्न असार ५ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर जारी गर्न अनुमति मागेकाे हाे ।

त्यसैगरी, उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्ने संस्थाले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको