Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे उकालाे यात्रामा बल्ल लाग्याे ब्रेक

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १२ : २९ मा प्रकाशित

सुनकाे उकालाे यात्रामा बल्ल लाग्याे ब्रेक

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार बढ्दै गएकाे सुनकाे मूल्यले आज (मंगलबार) भने ब्रेक लिएकाे छ । दिनहुँ बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज भने  ओरालाे यात्रा तय गरेकाे हाे ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे ४ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार १ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे १० रूपैयाँले घटेर प्रतिताेला ९ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको