Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय भुक्तानीको सीमा हट्यो : शेयर कारोबारको लागि बल्ल हुने भाे सजिलाे

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, १० : ४७ मा प्रकाशित

विद्युतीय भुक्तानीको सीमा हट्यो : शेयर कारोबारको लागि बल्ल हुने भाे सजिलाे

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले धितोपत्र कारोबार गर्दा विद्युतीय प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै भुक्तानीको सीमा हटाएको हो ।

यसअघिसम्म मोबाइल बैंकिङ्ग मार्फत प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था रहेकाे थियो । यस्तै, इन्टरनेट बैंकिङ्ग मार्फत प्रतिदिन १० लाख रूपैयाँ र प्रतिमहीना ३० लाख रूपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था रहेकाे थियो । 

लगानीकर्ताहरुले लामाे समयदेखि धितोपत्र कारोबारमा विद्युतीय माध्यमबाट गरिने कारोबारका लागि सिमा बढाउन माग गर्दै आएका थिए । विद्यमान काेभिड १९ महामारीले गर्दा आवगमनमा पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मको लागि याे व्यवस्था लागु हुने सर्कुलरमा उल्लेख गरिएकाे छ ।

राष्ट्र बैंकले जारी गरेकाे सर्कुलर अनुसार तल उल्लेख गरिएकाे कारोबारहरुमा सीमा नलाग्ने व्यवस्था गरिएको छ :

१. कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, 

२. सरकारको सम्बन्धित कार्यालयलाई भुक्तानी गर्नुपर्ने कर,राजस्व, सवारी दस्तुर, रजिस्ट्रेशन तथा सेवा शुल्क विविध शुल्कहरु भुक्तानी गर्न,

३. विद्युत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा,विमा प्रिमियम सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी गर्न,

४. शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टटुरेन्टको सेवा कारोबारको भुक्तानी गर्नुपर्ने विल बमाेजिमको रकम भुक्तानी गर्दा, 

५. धितोपत्र व्यवसाय गर्न अनुमति प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रको कारोबार गरे वापत सेवाग्राही तथा ग्राहकबाट लिन तथा ग्राहकलाई दिन प्रति कारोबार अधिकतम मोबाइल बैंकिङतर्फ १ लाख र १० लाख रुपैंयाको भुक्तानी गर्न

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको