Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल जलविद्युतले एकैचाेटी डाक्याे तीन वर्षकाे साधारण सभा

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, १२ : २२ मा प्रकाशित

नेपाल जलविद्युतले एकैचाेटी डाक्याे तीन वर्षकाे साधारण सभा

अर्थ संसार, काठमाडौं – नेपाल जलविद्युत प्रवर्द्धन तथा विकास लिमिटेडले तीन वर्षकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे एघाराैँ, बाह्राैँ र तेह्राैँ वार्षिक साधारण सभा असार ३१ गते बुधबार सि.जी. सभा हल, चाैधरी गृह, सानेपा, ललितपुरमा दिउँसाे २ बजेबाट शुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीकाे आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ef2f6b7d43a2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको