Like us!
Follow us!
Connect us!
Watch us!

किन बढ्दैछ क्वारेन्टिनमा मृत्यु हुनेको संख्या ?

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १४ : ५२ मा प्रकाशित

किन बढ्दैछ क्वारेन्टिनमा मृत्यु हुनेको संख्या ?

अर्थ संसार, काठमाडौं – नेपालमा क्वारेन्टिनमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । 

आज (आइतबार) फेरि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिएका छन् ।

उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताएका छन् । – रासस

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको