Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको डिबेन्चर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १५ : ०० मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको डिबेन्चर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (मंगलबार) तीन वटा कम्पनीको डिबेन्चर सूचीकृत भएको छ । स्टकका अनुसार कुमारी बैंक लिमिटेड, आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडकाे डिबेन्चर सूचीकृत भएको हाे ।

स्टकको अनुसार कुमारी बैंक लिमिटेडकाे  ‘१०.२५ प्रतिशत के.बि.एल डिबेन्चर २०८६’ को ३० लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

यसैगरी, आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

त्यस्तै, गुडविल फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख ५० हजार कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको