अर्थ संसार, काठमाडौं-नेपाल सरकार, अर्थ मंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा सुनचाँदीना परीक्षण सम्बन्धि गरगहन्ध तालिम मंगलबारबाट शुरु भएको छ । तालिममा भंसार कार्यालयमा कार्यरत कर्मचारीहरु सहभागि भएका छन् । पाँच दिन सम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित हुनुहुन्छ ।
तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शंभु प्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्नु हुँदै यसले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताउनु भयो । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा स्वागत मंतव्य व्यक्त गर्दै प्रमुख भंसार अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने भंसार कार्यालय जस्तो Import को Entrance र Export को Exit को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनु भयो । साथै उहाँले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउनु हुँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताउनु भयो । यसरी प्रशिक्षणको अवसर दिनुभएकोमा नेपाल सरकार, अर्थमंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्ध बहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो ।
तालिममा महासंघका केन्द्रिय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं GIA Gemologistरिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ । यस तालिमबाट भंसार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस