Like us!
Follow us!
Connect us!
Watch us!

आईएफसीले एनएमबि बैंकलाई दिने भाे २५ मिलियन डलर ऋण

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, १५ : ४२ मा प्रकाशित

आईएफसीले एनएमबि बैंकलाई दिने भाे २५ मिलियन डलर ऋण

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडलाई विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले २५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । आईएफसी र एनएमबि बैंकबीच हिजाे (मंगलबार) उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र आईएफसीका तर्फबाट एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका हुन् ।

यसैगरी, एनएमबिले आईएफसीसँग मंगलबार दोस्रो पटक ऋण लिने सम्झौता गरेको हाे । यसअघि पनि बैंकले आईएफसीबाट नै १५ मिलियन डलर ऋण ल्याएकाे थियाे ।

त्यस्तै, यस ऋणले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको