अर्थ संसार, काठमाडौं - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईवटा लघुवित्तलाई प्राप्ति गरी असार २९ गते साेमबारबाट एकीकृत कारोबार सुरु गर्ने भएकाे छ ।
सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेकाे एनआरएन लघुवित्तले सुदूरपश्चिमकाे लम्कीचूहा नगरपालिकामा रहेकाे किसान माइक्राेफाइनान्स र काभ्रेपलान्चाेक जिल्लाकाे भकुन्डेबेसीमा रहेकाे दिव्य लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्न लागेकाे हाे ।
यसैगरी, एनआरएन लघुवित्तकाे फागुन १६ गते, दिव्य लघुवित्तकाे चैत्र १७ गते र किसान माइक्रोफाइनान्सकाे गत चैत्र ६ गते सम्पन्न भएकाे सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
मर्जर पश्चात "एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु गरिने भएकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस