कोरोना र लकडाउनले असर पारेको शेयरबजारलाई यसपालिको बजेटले केहि राहत देला र बजेटमा शेयर बजारको विकास बिस्तार र सुधारको लागि राहतकोे प्याकेज आउला भनेर आशमा रहेका लगानीकर्ताहरुलाई यसपालिको बजेटले निराश पारेको छ । यसपालिको बजेट लगानीकर्ताहरुको लागि हात्ती आयो हात्ती फुस्स भयो ।
यसपालिको बजेटमा शेयर बजारको लागि नयाँ केहि सम्बोधन भएन । तर, पनि लकडाउन पछिको शेयरबजार कसरी अघि बढ्ला, नेप्से घट्छ कि बढ्छ ? भन्ने चासो लगानिकर्ताहरुमा रहेका छन । त्यसोत शेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ । यो शेयरबजारको बिशेषता नै हो भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा पुँजी बजारमा ओरालो लाग्ने क्रममा नै छ भन्दा पनि फरक नपर्ला ।
कहिले पुँजी बृद्धिको नितिले कहिले वाफियाले कहिले प्यानको भुतले,कहिले भ्यातको भुतले, कहिले लाभ करको भुतले, कहिले बैंकहरुले गर्ने ब्याज बृद्धिको भुतले, कहिले बैंकको तरलताको समस्याले, कहिले शेयर बजारका ज्योतिषिहरुको भुतल, शेयरबजारलाई हल्लाइ रहेका हुन्छन् ।
१८८१ अँकसम्म पुगेको नेप्से घटेर १२ अँकको हाराहारिमा आइ पुगेकोले लगानिकर्ताहरुले शेयर बजारबाट खर्बाै गुमाई सेकेका छन् । त्यसोत शेयबजारलाई जोखिमको व्यवसाय भनेर पनि भन्ने गरिन्छ । शेयर बजारमा जोखिम भए पनि यसले प्रतिफल पनि राम्रो दिने गरेको पनि बताउँछन । सरोकारवालाहरु भनिन्छ ‘नि नो रिक्स नो गेन’ भनेर । कतिपयको भनाइमा पछिल्लो समयमा नियामक निकायहरु र सरकार पुँज बजार मैत्रि हुन नसकेको कारणले शेयरबजारले गति लिन नसकेको शेयर बजार बियरिस ट्रेण्डमा रहेको पनि बताइरहेका छन् । शेयरबजारको बारेमा बेला बेलामा अर्थमन्त्री डा. युवराज खतिवडाको अभिब्यक्तले पनि शेयर बजारमा प्रभाब पार्ने गर्ने गरेको छ ।
त्यसोत शेयर बजारमा हल्ला बढि हुने गरेका छन् । नेप्सेलाई लिएर कम्पनीहरुको गतिबिधिलाई लिएर शेयर बजारमा हुने उटार चढाबलाइ लिएर बढि हल्ला हुने गरेका हुन्छन् । हल्लाले शेयर बजारलाई हल्लाउने गर्दछ भनेर पनि भन्ने गरिन्छ । त्यसोत हल्लाले संसारलाई हल्लाउने गर्दछ भनेर पनि भन्ने गरिन्छ ।
नेपालको शेयर बजार पनि हल्लाले हल्लाइ रहेका छन । कहिले पुँजी बृद्धिको नितिले कहिले वाफियाले कहिले प्यानको भुतले,कहिले भ्यातको भुतले, कहिले लाभ करको भुतले, कहिले बैंकहरुले गर्ने ब्याज बृद्धिको भुतले, कहिले बैंकको तरलताको समस्याले, कहिले शेयर बजारका ज्योतिषिहरुको भुतल, शेयरबजारलाई हल्लाइ रहेका हुन्छन् । यसले शेयरबजारमा प्रभाबहरु पर्ने गरेका हुन्छन । शेयर बजारका कतिपय लगानिकर्ताहरु हल्लाकोपछि लागेर शेयर बजारमा लागनी गर्ने गरेकाहरु प्पनि नभएका होइनन्।
कतिपय टाठाबाटा लगानिकर्ताहरुले हल्ला फिजाएर शेयर बजारमा नेप्से र कारोबारमा असर पार्ने पनि बताइन्छ । कतिपय सम्बन्धित सरोकार वालाहरुले कम्पनीको सुचना चुहाएर नेप्सेमा प्रभाब पारेको हुन्छ । यसले कतिपयले कमाउँछ त कतिपय लगानिकर्ताहरुले गुमाउँछन । नेप्से बढेको बेला अझ बढ्छ र घटिरहेको बेला अझ घट्छ भनेर हल्ला गरेर शेयर बजारमा चलखेल गर्ने गर्छन ।
नेप्से यति बढ्छ यति घट्छ भनेर आफू शेयरबजारका नाम बिज्ञ भनेर दर्शाउन खोज्छन । यसले गर्दा साना र नयाँ इमान्दार लगानिकर्ताहरु डराउने आँटिने गर्छन र अझ घट्छ कि भनेर घाटा खाएर भए पनि शेयर बिक्री गर्छन भने लगानी गर्नेहरु पनि लगानी गर्न डराउँछन । यसले नेप्से घट्नेमा सहयोग गर्छ ।
शेयर बजारमा नेप्से घट्न बढ्न भनेको स्वभाबिक हो तर पनि कहिले काँही कतिपय शेयर बजारका माहिर खिलाडिहरुले चलखेल गरि शेयर बजारमा प्रभाब पारेका हुन्छन । यसबाट भने लगानिकर्ताहरु सचेत भने हुनु पर्छ । कतिपय अबस्थामा शेयर बजारमा बिभिन्न कारणहरुले पनि प्रभाब पारेका हुन्छन । कतिपय अबस्थामा सरकार परिबर्तन राजनितिक कारण र राजनितिक खिचातानिले नियामक निकायहरुले अस्वभाबिक निति नियमहरु पुँजी बजारमा लाड्नाले र कतिपय अबस्थामा अचानक आएको माहामारीले पनि शेयर बजारमा असर गरेका हुन्छन ।
नेप्से घट्ने बढ्नेलाइ कतिपय लगानी कर्ताहरुले यसलाई राजनितिक कारण मानेका छन । सरकार परिबर्तनसंगै नेप्सेमा प्रभाब पार्ने गरिन्छ भनेर भन्नेहरु पनि थपै छन् । मिडियाहरुमा पनि यसको ठूलो चर्चा हुन्छ । त्यसोत शेयर बजारमा राजनीतिले मात्र प्रभाब पर्ने नभइ यसमा बिभिन्न कारणहरुले पनि प्रभाब पर्ने गरिन्छ । तर पनि कतिपय अबस्थामा शेयर बजारमा चलखेल गरेर अस्वभाबिक र नाटकिए रुपमा शेयर बजारमा असर पार्ने गरिन्छ ।
पुँजी बजारमा नेप्से घट्ने बढ्ने चलिनैरहेको हुन्छ । यो स्वभाबिक पनि हो । शेयर बजार भनेको सधै बढ्न र सधै घट्ने मात्र पनि भइरहदैन । घट्ने बढ्ने भनेको स्वभाबिक हो । शेयर बजार घट्यो भन्दैमा लगानिकर्ताहरु आटिनु पर्ने र डराउन पर्ने चाहि होइन नेप्से घट्यो भनेर फेरि घट्छ कि भनेर आँटिएर सस्तोमा बेच्ने गरे शेयरब जार कसरि उकालो लाग्ला र । शेयर बजारका लगानिकर्ताहरुमा धैर्यता भने हुन पर्छ र चाहिन्छ पनि । तर अस्वभाबिक र नाटकिए रुपमा घट्ने बढ्ने भएमा भने लगानिकर्ताहरुले बिचार भने गर्न पर्ने हुन्छ ।
नेप्से घट्यो भन्दैमा डराइ हाल्नु हुन्दैन । नेप्से घट्यो भने लगानिकर्ताहरु आटिइ हाल्छन र बढि हल्ला गर्छन, लगानी गर्न डराउँछन र बढ्यो भने दंग हुन्छन । शेयर बजारबाट लगानिकर्ताहरुले कहिले कमाउँछ त कहिले गुमाउँछन यो शेयर बजारको बिशेषता नै हो भन्दा पनि फरक नपर्ल । शेयर बजारका लगानिकर्ताहरुमा धैर्यता सचेतता र शेयर बजार र कम्पनीहरुको बारेमा राम्रो जानकारी हुन पर्दछ । नेप्से घट्यो भने खासगरि नयाँ र साना लगानीकर्ताहरु लगानी गर्न तयार हुने गरेको पाइन्छ ।
खासगरि नयाँ र साना लगानिकर्ताहरु सचेत हुन पर्छ आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा राम्ररी जानकारी र सूचना लिएर मात्र लगानी गर्नु पर्छ । शेयर बजारमा प्रबेश गर्न भन्दा पहिले पँुजी बजारको बारेमा सम्पूर्ण जानकारि लिएर मात्र प्रबेश गरे नयाँ लगानिकर्ताहरुलाई सजिलो हुने छ भने शेयर लगानि गर्दा हल्लाको भरमा आबेशमा अरुको देखासिखि गरेर लगानि भने गर्न भने हँुन्दैन आफूले लगानी गर्न लागेको कम्पनीको आर्थिक स्थितिको बारेमा सम्पूर्ण जानकारि लिएर मात्र लगानि गर्नु पर्दछ ।
पछिल्लो समयमा शेयर बजारले गति लिन नसकेको बिभिन्न कारणहरु हुन सक्छन । बिगतमा पुँजी बृद्धिको नीतिले शेयर बजार अस्वभाबिक रुपमा ह्वाट्टै बढ्यो । त्यसै गरि पछिल्लो समयमा शेयर बजारमा शेयरको बाँडिनै आएको छ बिभिन्न कम्पनीहरुले प्राथमिक र एफपिओ शेयरहरु जारि गरेका छन । त्यसैगरि पँुजी बृद्धिको कारणले बजारमा शेयरको थुप्रोले शेयर बजारमा माग भन्दा आपूर्ति बढेको कारणले पनि शेयर बजारमा असर गर्ने गरेका हुन्छन् । शेयर कारोबार गर्दा शेयरमा लगानी गर्दा लगानीकर्ताहरु नै सजग,सचेत चनाखो र जानकार हुन पर्दछ । यसमा सबै लगानीकर्ताहरुको ध्यान जान जरुरी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस