Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बिमा कम्पनीहरुको ६ महिनाको व्यापार ८० अर्ब नाघ्यो, कुनको कति ?

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १५ : ०४ मा प्रकाशित

जीवन बिमा कम्पनीहरुको ६ महिनाको व्यापार ८० अर्ब नाघ्यो, कुनको कति ?

चालु आर्थिक वर्ष २०८१/८२ कोे पहिलो ६ महिना (साउनदेखि पुस) सम्ममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ८० अर्ब  बढी बीमाशुल्क आर्जन गरेका छन् । 

नेपालमा सञ्चालित १४ वटा जीवन बिमा कम्पनीहरुले पुस मसान्तसम्ममा कुल ८० अर्ब ६६  करोड ३८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको  छ ।

सबैभन्दा बढी बीमा शुल्क आर्जन

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल लाइफ इन्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन्

- नेपाल लाइफको व्यवसाय १२.१६ प्रतिशतले बृद्धि भएर २२ अर्ब ४५ करोड रुपैयाँ

- नेशनल लाइफको बीमा शुल्क आर्जन गत आवको तुलनामा १२.१४ प्रतिशतले बृद्धि भएर ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

अन्य कसको कति  ?

यस अवधिमा एलआइसी नेपालको व्यवसाय ९.६६ प्रतिशतले बृद्धि भएर ९ करोड ४६ रुपैयाँ,आइएमई लाइफको १५.७२ प्रतिशतले बृद्धि भएर दुई अर्ब ४४ करोड रुपैयाँ,सूर्यज्योति लाइफको १८.२६ प्रतिशतले बृद्धि भएर पाँच अर्ब ६ करोड,एशियन लाइफ इन्स्योरेन्सको १३.१४ प्रतिशतले बढेर चार अर्ब २१ करोड रुपैयाँ,सानिमा रिलायन्सको १३.४९ प्रतिशतले बढेर तीन अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ । 

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको २.९३ प्रतिशतले बृद्धि भएर आठ अर्ब ३३ करोड रुपैयाँ, मेट लाइफ नेपालको व्यवसाय ६.७८ प्रतिशतले बढेर दुई अर्ब ६ करोड रुपैयाँ,प्रभु महालक्ष्मी लाइफको व्यवसाय १९.०९ प्रतिशतले बढेर दुई अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ । 

बृद्धिदरमा को अगाडि ?

बृद्धिदरका आधारमा भने गत आवको सोही अवधिको तुलनामा सिटिजन लाइफ र रिलायबल नेपालको बीमाशुल्क आर्जन सबैभन्दा बढी अंकले बृद्धि भएको छ ।

- सिटिजन लाइफको व्यवसाय २३.६० प्रतिशतले सर्वाधिक बृद्धि भएर तीन अर्ब ३८ करोड रुपैयाँ रहेको छ  ।

- रिलायबल नेपाल लाइफको व्यवसाय आक्रामक २३.४१ प्रतिशतले बृद्धि भएर दुई अर्ब ३ करोड रहेको छ 

यस्तै,यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन गत आवको तुलनामा ४१ प्रतिशतले घटेर दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको