Like us!
Follow us!
Connect us!
Watch us!

एकदिन पनि टिकेन सेयर बजारको रौनक, ११ अंकले बजार घट्दा ७ अर्ब ८५ करोडको कारोबार,

अर्थ संसार

विहीबार, १० माघ २०८१, १५ : १३ मा प्रकाशित

एकदिन पनि टिकेन सेयर बजारको रौनक, ११ अंकले बजार घट्दा ७ अर्ब ८५ करोडको कारोबार,

सेयर बजारमा आज दोहारो अंकको गिरावट आएको छ ।

नेप्से आज ११.१० अकंले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोडको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको