सेयर बजारमा आज हरियालीमा देखिएको छ । तिन दिनदेखि सामान्य सुधार देखिएको बजारमा आज राम्रो उत्साह देखिएको छ ।
बुधबार नेप्से सूचक ५२.३६ विन्दुले बढेर २६६५.४५ अंकमा आइपुगेको छ । आज बजारमा ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचकमा हरियाली हालेको छ । आज बैंकिङ समूहको १.३२ प्रतिशत, विकास बैंक समूहको २.७४ प्रतिशत, फाइनान्स समूहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
बुधबार आज १९६ कम्पनीको सेयरमूल्य ढ्दा ३७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका हुन् ।
सेयर बजार ठुलो पोइन्टले बढेकाले लगानीकर्तामा छाएको निराशा हराएको छ । अब बजारले उकालोको यात्रा तय गर्न सक्ने विश्वास लगानीकर्तामा देखिन्छ । त्यसै पनि बैंकिङ प्रणालीमा रहेको प्रयाप्त तरलता र निरन्तर घट्दो रुपमा रहेको ब्याजदर सेयर बजारमैत्री निति तथा सरकार पनि सेयर बजार मैत्री देखिएकाले सेयर बजार माथितिरै जाने अनुमान गर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस