राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।
आज सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितका तर्फबाट अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए ।
लामिछानेलाई आज पनि परिवारको जिम्मा लगाउने आदेश भएको रुपन्देही जिल्ला अदालतले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस