Like us!
Follow us!
Connect us!
Watch us!

यन्त्रबाट मकै रोप्दै

शुक्रबार, १८ चैत्र २०७३, १७ : ४९ मा प्रकाशित

यन्त्रबाट मकै रोप्दै

अर्थ संसार 

त्रिशूली – गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । 

चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका लागि मकै रोप्ने यन्त्र सिमिट इन्टरनेसनल सिसा परियोजनाले भित्र्याएको हो । 

चौघडा र खड्गभन्ज्याङमा किसानले ‘पुस रो सिडर’ भनिने मकै रोप्ने यन्त्रबाट मकै रोप्न थालेका छन् । किसानलाई थोरै श्रममा धेरै उत्पादन गराउनका लागि प्रविधिको सहयोग गरिँदै आएको सिमिट कार्यक्रममा फिल्ड अफिसर देव खड्काले बताउनुभयो । 

समथर र पहाडी भागमा उपयोगी हुने सो प्रविधिबाट किसानलाई समय र श्रमको बचत हुने उहाँको भनाइ छ । यो यन्त्र प्रयोग गर्नका लागि कुनै पनि इन्धन नचाहिने भएकाले किसानलाई अझ सहज र सस्तो पर्ने छ । गोरुभन्दा सस्तो र सजिलो पनि रहेकाले यन्त्रको प्रयोगबाट मकै रोप्न सहज भएको चौघडाका किसान भोजराज न्यौपानेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एउटा मेसिनबाट प्रतिघन्टा दुईदेखि तीन रोपनी जग्गामा मकै रोप्न सकिनेछ ।” सो यन्त्र बजारमा रु १२ हाराहारी पर्ने गर्छ । किसानले चाहेका खण्डमा सिमिटले ५० प्रतिशत छुटमा समेत प्रविधि किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परियोजनाले जनाएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको