Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल एपबाट शिवम् सिमेन्ट खरिद गर्न सकिने

अर्थ संसार

विहीबार, ०१ साउन २०७७, १० : ५६ मा प्रकाशित

मोबाइल एपबाट शिवम् सिमेन्ट खरिद गर्न सकिने

अर्थ संसार, काठमाडौं -शिवम् सिमेन्ट्सले मोबाइल एपबाट सिमेन्ट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । कम्पनीले कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्ने योजना अनुरूप यो सुविधा ल्याएको हो । यो एप गुगल प्ले स्टोर र आइओएस एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसका साथै भुक्तानीका लागि खल्ती, इ–सेवा, कनेक्ट आइपिएस वा क्यास अन डेलिभरीको सुविधा दिएको जनाइएको छ ।

यस एपका माध्यमबाट ग्राहकहरूले गरेको अर्डरलाई कम्पनीले उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने जनाएको छ ।

झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरू भएको हुनाले ग्राहकहरूका लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास लिएको कम्पनीको भनाइ छ । यस एपभित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरू मूल्यमा सुनिश्चित रहन सक्ने जनाइएको छ ।

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।

 
 
 
 
 
 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको