Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले गर्यो विद्यालयलाई सहयोग

अर्थ संसार

मंगलबार, ०६ साउन २०७७, १७ : २९ मा प्रकाशित

कुमारी बैंकले गर्यो विद्यालयलाई सहयोग

अर्थ संसार, काठमाडौं–कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ ।

यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ। 

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत श्री रामचन्द्र खनालले विद्यालयका प्रतिनिधिमा नार्थ रथीश्री यादवबहादुर रायमाझीलाई हस्तान्तरण गर्नुभयो।यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिईबाल बालिकाको क्षमता वृद्धि र विकासमा टेवा पुर्याउनु रहेको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको कुमारी बैंकले आगामीदिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । 
 

 
 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको