Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र देव: विकास बैंकको एकीकृत कारोबार असार २८ बाट सुरु हुँदै

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १५ : ४० मा प्रकाशित

कुमारी बैंक र देव: विकास बैंकको एकीकृत कारोबार असार २८ बाट  सुरु हुँदै

अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेड र देव: विकास बैंक लिमिटेडले असार २८ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंककाे जेठ १९ गते साेमबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते बुधबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते आइतबार अन्तिम स्वीकृति दिइसकेका छन् । 

मर्जर पश्चात "कुमारी बैंक लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु गरिने भएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

त्यसैगरी, कुमारी बैंकले देवः विकास बैंकलाई १ बराबर ०.८६ शेयर स्वाप रेशियोमा एक्वायर गरेको हो । हाल देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । दुवै कम्पनी एक भएपछि चुक्ता पूँजी १३ अर्ब २८ लाख ७२ हजार रूपैयाँ पुग्दछ ।  

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको