Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकमा भूकम्प : डेपुटी सीइओसहित २८ जनाले छाडे जागिर

निशा हुमाँगाई

मंगलबार, ०२ बैशाख २०७७, ०९ : ४८ मा प्रकाशित

कुमारी बैंकमा भूकम्प : डेपुटी सीइओसहित  २८ जनाले छाडे जागिर

अर्थ संसार, काठमाडौं - लकडाउनको बेला कुमारी बैंकका उच्च तहका २८ जना कर्मचारीले एकैचाेटी जागिरबाट अवकास लिएका छन् । कुमारी बैंकमा कार्यरत उनीहरूले बैशाख १ गतेदेखि लागू हुने गरी जागिरबाट अवकास लिएका हुन् । 

 बैंकका डेपुटी सीईओ राजीव गिरी र उमेश भण्डारीले जागिर छाडेका हुन् । यस्तै, कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल, कर्पोरेट कम्युनिकेशन हेड सिपा रेग्मी, रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्यलगायतले स्वइच्छा अवकास लिएका हुन् । 

त्यसैगरी, चैत्र ६ गते मानव संसाेधन विभागले उनीहरुको राजिनामा स्वीकृत गरेको थियो भने त्यसलाई चैत्र ८ गतेको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जानकारी दिएकाे छ । 

त्यस्तै, सम्भवत नेपालको बैंकिङ क्षेत्रमा ठुलो संख्यामा कर्मचारीले अवकाश लिएको यो पहिलो घटना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको