Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ जारी गर्ने अनुमति

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, १३ : ३१ मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ जारी गर्ने अनुमति

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

याे पनि हेर्नुहाेस् :

१९ वटा कम्पनीको आइपिओ पाइपलाइनमा, कुनको कति कित्ता ? 

नेप्सेमा ५ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ? 

भर्ने होइन एनआरएन इन्फ्रास्टक्चरको आइपिओ ? आजबाट खुल्ला,कति गर्ने त लगानी ? (विवरणसहित) 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको