Like us!
Follow us!
Connect us!
Watch us!

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल

अर्थ संसार

शुक्रबार, २३ साउन २०७७, १५ : १२ मा प्रकाशित

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल

अर्थ संसार, काठमाडौं– दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । 

संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले यो सेवा कानूनको दायरामा ल्याएर सञ्चालन गर्ने योजना बनाएको छ । विभागबाट मन्त्रालय पुगेको सो विधेयकमा नयाँ आएका सवारी साधनसमेत समेट्ने गरी छलफल अघि बढेको छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा नकार्न नसकिने यी सेवालाई कसरी समेट्ने भनी छलफल भइरहेको छ ।”

हाल नेपालमा टुटल, पठाओ, सारथीलगायतका संस्था यो सेवामा छन् । पछिल्लो झण्डै पाँच वर्षमा यो सेवाप्रति यात्रुको आकर्षण बढेको छ । बन्दाबन्दी खुकुलो बनाएर सरकारले गत असारदेखि निजी नम्बर प्लेटका सवारी साधन सञ्चालन थालेसँगै यसको प्रयोग अझै बढेको पाइन्छ । सवारी ऐनमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्थाकै आधारमा यातायात व्यवस्था विभागले सेवा रोक्न पटकपटक प्रयास गरे पनि आमनागरिकको यसप्रतिको आकर्षणका कारण निर्णय फिर्ता लिएको थियो । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने, छोटो दूरीमा रोकिरहँदा गन्तव्यमा पुग्न घण्टौँ लाग्ने हुँदा सेवाग्राहीमा यी सेवाप्रतिको आकर्षण बढिरहेको छ । 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको