अर्थ संसार
काठमाडौं– नेपाललाई आर्थिक समृद्धिका लागी जापानी प्रविधि तथा लगानीको आवश्यकता रहेको सम्वन्धित व्यवसायीहरुले बताएका छन् । बुधवार काठमाडौंमा आयोजित जापानी व्यवसायी प्रतिनिधिमण्डल तथा उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाली व्यवसायीहरुवीचको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
सो अवसरमा जापानी प्रतिनिधिमण्डलका प्रमुख कोमोरी टाडानागाले जापानसँग भएको प्रविधिको प्रयोग गरेर नेपालका स्रोतको उपयोग गरी उद्योगको विकास गर्न सकिने बताए ।साथै नेपाली व्यवसायीलाई नेपाल भ्रमणमा आउने पर्यटकलाई यहाँको उत्पादनको ‘मार्क’ राखि विक्री गर्न सुझाव दिए । ‘नेपालको उत्पादनको मार्क बनाएर त्यसको गुणस्तरको ज्ञारेन्टी दिन सकियो भने उद्योगको विकास का साथै अन्तरराष्ट्रिय बजारमा प्रवद्धन हुन्छ ’ उनले भने ।
प्रतिनिधिमण्डलका एक व्यवसायीले जापानमा व्यवसाय गरिरहेका नेपालीको मेहनतको प्रशंशा गरे । ‘जापानमा व्यवसाय गर्न सजिलो छैन’ उनले भने, ‘त्यहाँ मेहनत गरेर व्यवसाय गरिरहेका छन् ।’नेपालमा भ्रमणमा आउने पर्यटकलाई नेपाली उत्पादन कसरी बेच्नेलगायतका सम्भावना बारे छलफल गरिने छ । कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासासी ओगावले नेपालको प्राकृतिक स्रोतको उपयोग गरेर नेपालको उद्योगलाई प्रतिशपर्धी बनाउन सकिने बताए ।
सो अवसरमा उद्योग मन्त्री नविन्द्रराज जोशीले जापानी प्रतिनिधिमण्डलको भ्रमणले नेपालमा लगानीको वातावरण तयार गर्न मद्धत गर्ने बताए । साथै सवैको ध्यान आर्थिक विकासमा गएको बेलामा जापानीहरुको भ्रमणले विशेष महत्व राख्ने धारणा राखे ।
मन्त्री जोशीले नयाँ प्रविधि ‘एडप्ट’ गर्ने र त्यसमा नविनपन दिने जापानीहरुको चाहना तथा प्रवृत्तिको प्रशंसा गरे । त्यस्तै उत्पदान देखि मार्केटिङसम्म ‘पर्फेक्सन’ ले ध्यानाकर्षण गर्ने बताए । ‘पारस्पारिक लाभका लागी यहाँ लगानी गर्नुहोस’ उनले भने ‘ हामी त्यहाँ गर्न तयार छौं ।’
नेपालमा उद्योग व्यवसाय गन अन्य राष्ट्रको तुलनामा सहज भएको जानकारी दिए । साथै कम्पनी दर्ता र खारेजको प्रक्रिया समेत सहज बनाएको बताए । त्यस्तै विदेशी लगानीकर्ताले डर त्रास विना यहाँ लगानी गर्न सक्ने दावी उनले गरे । ‘लगानीकर्ता विशेष गरी आफ्नो लगानीको सुरक्षा चाहन्छन्’ उनले भने, त्यसका लागि हामी तयार छौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुको १ बर्ष अघि गएको डेलिगेसनले दुई देशवीच् राम्रो सम्वन्ध स्थापना गरेकोमा खुसी व्यक्त गरे । साथै यो ‘डेलिगेशन’ ले नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने बताए ।
कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका संयोजक अर्जुन अधिकारीले नेपाल र जापानका व्यवसायीहरुको सम्वन्ध र व्यवसायको सम्भाव्यताबारे छलफल गर्ने उद्देश्यसहित प्रतिनिधि मण्डल ल्याएको जानकारी दिए । साथै नेपाल जापानको लागानीका लागि माध्यम बन्ने कोशिस गरिरहेको बताए ।
प्रतिनिधिमण्डलमा २० जना व्यवसायीहरु छन् । जसमा आइसक्रिम,मिठाई, सोलार प्यानल,रियल स्टेटलगायतसँग सम्वन्धित उद्योग व्यवसायी आएका छन् । उनीहरुले पोखरा र चितवनका उद्योगहरुको अध्ययन गर्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस