Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

अर्थ संसार

आइतबार, ३२ साउन २०७७, १७ : ०७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको  सिइओमा रत्नराज बज्राचार्य नियुक्त

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  रत्नराज बज्राचार्य नियुक्त हुनुभएको छ ।

बैंकको सञ्चालक समितिको साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसक्नु भएको छ ।

नेपाल राष्ट्रबैंकबाट आफ्नो बैंकिङ्ग करियरसुरुगर्नुभएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंकर सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नुभएको छ ।

उहाँले भाद्र १ गते देखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पदबहाल गर्नुहुनेछ ।
गत मंसिर २०, २०७६ देखिग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको