Like us!
Follow us!
Connect us!
Watch us!

फेरि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, ११ : ३१ मा प्रकाशित

फेरि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा हिजाे बुधबार यथावत रहेको सुनकाे मूल्यले आज (बिहीबार) ओरालाे यात्रा तय गरेकाे छ ।

बिहीबार सुनकाे मूल्य ताेलाकाे एक हजार ६ सय रूपैयाँले घटेर  प्रतिताेला ९८ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको