Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, ११ : ०३ मा प्रकाशित

सुनकाे मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा पछिल्लाे केही दिनबाट लगातार घट्दै गइरहेकाे सुनकाे मूल्यले आज (मंगलबार) पनि ओरालाे यात्रा तय गरेकाे छ ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे ७ सय रूपैयाँले घटेर  प्रतिताेला ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेर आज पनि एक हजार ३ सय २० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको