Like us!
Follow us!
Connect us!
Watch us!

सुनको ओरालाे यात्रामा निरन्तरता !

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, ११ : ०३ मा प्रकाशित

सुनको ओरालाे यात्रामा निरन्तरता !

अर्थ संसार, काठमाडौं – आजकाल नेपाली बजारमा सुनकाे मूल्य लगातार घट्दै गइरहेकाे छ । दिनहुँ घटिरहेकाे सुनकाे मूल्यले आज (बुधबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । 

बुधबार सुनकाे मूल्य ताेलाकाे ४ सय रुपैयाँले घटेर  प्रतिताेला ९६ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलाकाे १० रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको