Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुको योजनाहरु र अभिकर्ताहरुको दुःख !

निनाम कुलुङ ‘मंगले

सोमबार, १५ भदौ २०७७, १० : २८ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुको योजनाहरु र अभिकर्ताहरुको दुःख !

निनाम कुलुङ ‘मंगले’

यहाँ म एक नेपाली उखान उल्लेख गर्दै बीमा कम्पनीहरु र बीमा एजेन्टहरुका बारेमा केही लेख्ने छु । नेपालीमा एयटा उखान छ– ‘खानु न पिउन ... को नि के जाति !’ माथि भने जस्तै यो पंक्तिकारलाई पनि– ‘खानु न पिउन ... !’ बिना पारिश्रमिक अनेकौं अनलाइनहरुमा विगत लामो समयदेखि लेख्दै आएको छु ।

त्यसैले त मलाई  कहिलेकाहीँ लाग्छ– ‘खानु न पिउन ... बिना पारिश्रमकि कति लेखहरु लेखीरहनु ! जस्तो लाग्छ । तर, पनि केही न केही विषयमा, केही न केही लेखी रहेमा आम पाठकहरुले जानकारी त पाई रहेका हुन्छन् ! हुन पनि मानौं कि म बाहेक यो धरतीमा अरु कोही लेखकहरु नै छैनन् ! त्यसैले मैले एक्लै ‘ अर्थ संसार डट कम’, ‘ई मकालु’, ‘ई समता’ (हाल बन्द), ‘ई नयाँपुस्ता’, ‘इन्स्युरेन्स खबर’, ‘शिखर पोस्ट, ‘सगरमाथा अनलाइन’, ‘सैलुङ अनलाइन’, ‘सेन्टर खबर, ‘दामन पोस्ट’, ‘ब्लास्ट खबर’, ‘नागरिक चासो’, ‘न्युज कारोबार’, ‘जन आस्था डटकम एवम् तथा जन आस्था  शाप्ताहिक, ‘जनमञ्च शाप्ताहिक’, ‘मुन्धुमस्टार डटकम’, ‘आहा खबर’, ‘हाम्रो कोशी आवाज’, ‘कपुरी न्युज’, ‘पुर्वेली न्युज’, ‘आर्थिक दैनिक’, ‘कारोबार दैनिक’, ‘युवामञ्च मासिक’, ‘मधुपर्क मासिक’, ‘कामना सिने मासिक’ (गाईजात्रा अंक), ‘राजधानी दैनिक’, ‘नेपाल समाचारपत्र दैनिक’ (यी दुवै दैनिकले आजभोलि मेरो लेख छाप्न छाडेको छ ।), ‘गोरखापत्र दैनिक’, ‘हिमालय टाइम्स दैनिक’, ‘सौर्य दैनिक’, ‘अन्नपूर्ण दैनिक’, ’नयाँ पत्रिका दैनिक’ (यी दुवै दैनिकमा पछिल्लोपटक शनिवारीय/फिचर मात्रै छापिएको छ ।), ‘नागरिक दैनिक’मा भने केही लेखकले लेखेको लेखको प्रतिक्रिया बाहेका (केही लेखकले लेखेको लेखको त प्रतिक्रियासम्म पनि छापिएन ।) हालसम्म मेरो एउटा पनि लेख/फिचर छापिएको छैन ! आदि ओगट्न सफल भएको छु ।  

त्यसो त माथि उल्लेख गरिएको अनलाइन तथा प्रिन्ट मिडियामध्ये ‘ई मकालु’, ‘जन आस्था शाप्ताहिक’, ‘आर्थिक दैनिक’, ‘कारोबार दैनिक’, ‘युवामञ्च’, ‘मधुपर्क’, ‘कामना मासिक’ (गाईजात्रा अंक), ‘राजधानी’, ‘नेपाल समाचारपत्र’, ‘गोरखापत्र’, ‘हिमालय टाइम्स’, ‘सौर्य दैनिक’, ‘अन्नपूर्ण’, ’नयाँ पत्रिका’ आदिले आफ्नो गच्छेअनुसारको ‘पत्रम्–पुष्म’को व्यवस्था गरेको छ, भलै ढीलो–चाँडो भनेको अर्कै कुरो हो ! साथै अन्य केही अनलाइनवाला कमरेडहरुले पनि सकेसम्म धेर–थोर ‘पत्रम्–पुष्म’को व्यवस्था गर्छौं ! भनी वचन दिनु भएको छ । त्यसैले साउँ–ब्याज बराबार जस्तो भएको छ ।  

माफ गर्नु होला, आदरणीय पाठक वृन्द ! मुख्य विषयमा छिर्नुअघि यहाँहरुमाझ मैले आफ्नो रोदन वा भनौं छोटो विज्ञापन प्रस्तुत गरेँ ! 

खासमा यो लेख लेख्नका लागि मलाई उत्प्रेरणा जाग्नु वा भनौं खस–खस लाग्नुमा ‘आइतबार, ७ भाद्र, २०७७’ मा इन्स्यरेन्स खबरमा प्रकाशित “नेपाली बीमा व्यवसायमा कालीदास प्रवित्ति” शीर्षकको लेख नै हो । हुन त सो लेखबारे १७ जना पाठकहरुले (भाद्र ११ को बेलुकी ६ः ३० बजेसम्म) कमेन्ट गरी सकेका छन् । तर, सो लेखबारे आजसम्म लेखै लेखेको भने देखिएन । त्यसैले यो पंक्तिकारले जानी–नजानी केही लेख्ने जमर्को गर्दै छ । त्यसमाथि यो पंक्तिकार जीवन, निर्जीवन र पुनर्बीमा वा भनौं समग्र अर्थतन्त्र सम्बन्धी ज्ञाता वा विज्ञ पनि होइन । 

तापनि खासगरी यो पंक्तिकारको चासो भनेको, तीन कुरोमा हो । जस्तै जीवन बीमा कम्पनी, जीवन बीमा एजेन्ट र जीवन बीमा गर्ने बीमितहरुका बारेमा लेखिएका वास्तविक तर, साह्रै तीतो, हत्तपत्त पचाउनै गाह्रो ! प्रसंगहरुमा रहेको छ । हुन त नेपालको बीमा बजारमा जीवन बीमा एजेन्टहरुको महत्वपर्ण भूमिका रहेको देखिन्छ । सो को प्रमाण भनेको गएको दुई/साढे दुई वर्षदेखि बैंकबाट ऋण लिने/लिएका ऋणीहरुलाई जबरजस्ती जीवन बीमा (किनभने जीवन बीमा नगरेमा ऋण नै नपाउने) गराईएको जो पोलीसीहरु छ/थियो । सो बीमा पोलीसीहरु हाल ८०/९० प्रतिशत नवीकरण नभएरै गुज्रेर बसेको छ भन्ने पढ्न/सुन्नमा आएको छ । किन त्यस्तो भयो भन्दा बैंकका कर्मचारीहरुलाई मतलब भएन होला (यो मेरो अनुमान मात्रै हो ।) ऋण लिने ऋणीहरुलाई त झनै के मतलब ? आखिर चाहिएको ऋण हो, ऋण पाई हालियो ! (यो पनि मेरो अनुमान मात्रै हो ।) यहाँ एजेन्ट भएको भए उसले अवश्य नै आफ्नो क्लाइन्टलाई फलो–अप गथ्र्यो । 

तर, निर्जीवन तथा जीवन बीमा एजेन्टहरुले त सरकारले तोकेको योग्यता पुर्याएर र सरकारले तोकेको राजश्व तिरेर तालिम लिएको हुन्छ । त्यसपछि नेपाल सरकार, अर्थ मन्त्रालयमातहत रहेको ‘राष्ट्रिय बीमा समिति’ले लाईसेन्स दिएको हुन्छ । साथै  निर्जीवन तथा जीवन बीमा एजेन्टहरुले वर्षैपिच्छे सरकारले तोकेको निश्चित रकम तिरेर लाईसेन्स नवीकरण गर्नुपर्ने हुन्छ । बल्ल आफूले बीमा गराएको व्यक्ति वा संस्थाबाट निश्चित प्रतिशत कमिसन पाउँछ । त्यति मात्रै होइन, एजेन्ट आफूले पाएको कमिसनबाट राज्यले तोकेअनुसारको आय कर पनि तिर्छ । त्यसैले त मान्छे बेच्ने (विभिन्न देशमा पढ्न तथा काम गर्न जानेहरुलाई भिषा मिलाउने र पठाउने । अनि विदेश जान चाहने मान्छे उड्ने बित्तिकै कमिसन बाँढीचुँढी गरेर खाने !) दलाल, त्यस्तै घर, जग्गा, टहरा, कोठा, फ्ल्याट तथा खालि जग्गा मिलाई दिने दलालहरुको भन्दा निर्जीवन तथा जीवन बीमा एजेन्ट (दलाल) हरुको मान र सम्मान पनि अलि बढी नै छ ।  

जीवन बीमाको बजार क्षेत्रमा लागेका बीमा अभिकर्ता (एजेन्ट) हरुको अनुभवमा नेपाली जीवन बीमा बजारमा अभिकर्ताहरु मेरुदण्डकै रुपमा रहेका छन् । खासमा  निर्जीवन र जीवन बीमा बजारमा लागेका बीमा अभिकर्ता (एजेन्ट) हरुको योगदान र मिहिनेतलाई नेपाल सरकार, राष्टिय बीमा समिति र निर्जीवन तथा जीवन बीमा कम्पनीहरुले उच्च मूल्यांकन गर्नुपर्ने हो । त्यस्तै सरकारले बीमा ऐन–२०४९ मा बीमा एजेन्टहरुले पाउने जुन कमिसन दर तोकेको छ, त्यसमा समयअनुकूल हुने गरी बढाउनुपर्ने देखिन्छ ।

(स्मरण रहोस्, निर्जीवन तथा जीवन बीमा एजेन्टहरुले क्लाइन्टलाई बीमा गराए वापत कम्पनीबाट पाउने कमिसन, क्लाइन्टबाट होइन) एजेन्टहरुले पाउने कमिसनबाट राज्यले काट्ने १५ प्रतिशत आयकर रकम जुन छ, त्यसमा राज्यले केही रकम थपेर बुढेसकाल लागेपछि वा निश्चित (समयावधि र रकमको आधारमा) सयमसम्म बीमा एजेन्ट भएर काम गरेको वा बीमा एजेन्टहरुले आफ्नो जीवनकालमा बीमा गराएको संख्या, प्रिमियम र निरन्तरताको आधारमा बीमा गराउने (निर्जीवन र जीवन बीमा दुवै खालेलाई) एजेन्टहरुलाई भैपरि आउँदा बिना व्याज सर–सापटी रकम उपलब्ध गराउने (बीमा एजेन्टहरुले गरेको व्यापारको आधारमा), कम आय भएका एजेन्टहरुलाई धेरथोर औषधो–उपचार र भैपरी आउने खर्च दिने, उपदान वा निर्वाह भत्ता र सकेसम्म पेन्सनको पनि व्यवस्था गर्न सके राम्रो हुने देखिन्छ ।

त्यसैले निर्जीवन तथा जीवन बीमा कम्पनीका सञ्चालकहरुले आफ्नो कम्पनी चलाउनका लागि मेरुदण्ड मानिएका बीमा एजेन्टहरुलाई माथि उल्लेखित सेवा सुविधाहरु दिनका लागि सोच्नुपर्ने देखिन्छ । त्यसमा नेपाल सरकार र निर्जीवन तथा जीवन बीमा कम्पनीहरुले मिलेर अघि बढ्नुपर्ने देखिन्छ । माथिका मागहरु पूरा गराउन बीमा एजेन्टहरुको हकहितका लागि खुलेको संघसंस्थाहरुले तुरुन्तै बीमा कम्पनीका सञ्चालकहरुमाझ राख्नुपर्ने देखिन्छ ।

त्यसो बीमा कम्पनी, बीमा एजेन्ट र बीमित आदि हरेक कोणबाट हेर्दा एक नम्बर मानिएको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीमा लगायत अन्य बीमा कम्पनीहरुमा पनि (जीवन बीमाकोष, प्रिमियम संकलन, बीमितहरुको संख्या, खुद मुनाफा, जीवन बीमा क्षेत्रको बजार हिस्सा, एजेन्टहरुको संख्या आदि) हाल विभिन्न बीमा योजनाहरुमा बीमितले केही अतिरिक्त प्रिमियम तिरेर विभिन्न घातक रोगहरुको उपचार खर्च व्यहोर्ने गरी ‘स्वास्थ्य सेवासहितको पोलीसी लिन सकिने योजना ल्याएका छन् ।

तर, ‘नेपाल लाईफ इन्स्युरेन्स कम्पनी’ (एनएलआइसी) ले गत वर्ष ल्याएको २० वटा घातक रोगको (रक्षा वरणसहितको पोलिसी/क्रिटिकल इलनेस’को) उपचार खर्च व्यहोर्ने भनी ल्याएको पोलिसीमा समस्या आउन थालेको सो कम्पनीका एक एजेन्टको गुनासो छ । उनका अनुसार सुरुमा बीमितलाई तीन महिनाभन्दा पछि (९० दिनपछि) रोग लागेको प्रमाणित भएमा तोकिएको रोगहरु (२० वटा) मध्ये कुनै एक रोगको उपचार खर्च बीमितले गरेको रकम बराबरको (एकपटक मात्रै) उपलब्ध हुन्छ भनिएको थियो ।

ती एजेन्टका अनुसार उनले गत वर्ष आफ्नो केही क्लाइन्टलाई नेपाल लाईफको घातक रोगको रक्षा वरणसहितको पोलिसी खरिद गर्न लगाएका छन् । नभन्दै ती एजेन्टको एक क्लाइन्टलाई लगभग साढे तीन महिनामा क्यान्सर रोग देखा पर्यो । तर, अहिले कम्पनीले क्यान्सर रोग भन्दैमा कहाँ हुन्छ ? क्यान्सर रोगको रोगी सिकिस्त बिरामी हुनु पर्छ !, बिरामीले उपचार गरेर फर्केको ३० दिनसम्म बिरामी बाँच्नु पर्छ !!, अनि मात्रै ... !!!, भनिँदै छ अरे ।

तर, माथिको भनाइ– ‘क्यान्सर रोग भन्दैमा कहाँ हुन्छ ? क्यान्सर रोगी सिकिस्त बिरामी हुनु पर्छ !, बिरामीले उपचार गरेर फर्केको ३० दिनसम्म बिरामी बाँच्नु पर्छ !, अनि मात्रै ... !’ भन्ने भनाइले त नेपालमा अहिलेसम्म अधिकांश मानिसलहरुले बुझ्ने गरेको ‘बीमा भनेको मरेपछि पैस पाउने हो, मरेपछि पाएको पैसा के काम ? भन्ने भनाइलाई नै प्रमाणित गर्न खोजेन र ? लाटो हिसावले हेर्दा पनि उपचार खर्चवापत बीमितले तिरेको पैसा उसलाई कम्पनीले तोकेको रोगहरुमध्ये कुनै एकले भेटेपछि/देखा परेपछि दिईनुपर्ने होइन ? बीमित किन सिकिस्तै हुनुपर्ने ?, बीमित ३० दिनभित्र नर्मनु भन्ने ? कि कसो हौ ? निर्जीवन तथा जीवन बीमा कम्पनीका सञ्चालक ज्युहरु ? 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको