Like us!
Follow us!
Connect us!
Watch us!

भदौ महिनामा निर्जीवन बिमा कम्पनीले उठाए तीन अर्ब भन्दा बढी बीमाशुल्क, कुन कम्पनी सबैभन्दा अब्बल

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १६ : १६ मा प्रकाशित

भदौ महिनामा निर्जीवन बिमा कम्पनीले उठाए तीन अर्ब भन्दा बढी बीमाशुल्क, कुन कम्पनी सबैभन्दा अब्बल

भदौ महिनामा निर्जीवन बिमा कम्पनीहरुले कुल ३ अर्ब ९ करोड ९० लाख ४ हजार रुपैयाँ भन्दा बढी बिमाशुल्क आर्जन गरेका छन् । 

साउन महिनाको तुलनामा कम्पनीहरुले करिब ८८ करोड रुपैयाँ कम बिमाशुल्क आर्जन गरेका हुन् । साउन महिनामा निर्जीवन कम्पनीहरुले ३ अर्ब ९८ करोड ५८ लाख ५२ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए ।

आर्थिक वर्षको २०८०/८१ को दुई महिनामा मात्रै निर्जीवन कम्पनीले कुल ७ अर्ब आठ करोड ४८ लाख ५६ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा १४ निर्जीवन बिमा कम्पनीले ४ लाख आठ हजार ९ सय ४३ बिमालेख जारी गरेका छन् ।

कम्पनीगत हिसाबले हेर्दा भदौ महिनासम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले सर्वाधिक ९१ करोड ४७ लाख रुपैयाँ भन्दा बढी बिमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ७३ करोड ४१ लाख, शिखर इन्स्योरेन्सले ६६ करोड २४ लाख, हिमालय एभरेस्टले ६४ करोड २१ लाख, आइजिआई प्रुडेन्सियलले ५५ करोड, नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख र राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख बिमाशुल्क आर्जन गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी  लिमिटेडले सबैभन्दा कम २३ करोड ६१ लाख बिमाशुल्क आर्जन गरेका छ ।

लघुबिमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई लाख ७६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले एक लाख १९ हजार बिमाशुल्क आर्जन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको