Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार वैशाख २६ गतेदेखि

अर्थ संसार

शुक्रबार, २२ बैशाख २०८०, १२ : १६ मा प्रकाशित

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार वैशाख २६ गतेदेखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर वैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् । समान हैसियतमा यी तीन कम्पनीको मर्ज हुन लागेको हो।  

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको