Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, ११ : ३७ मा प्रकाशित

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – सुनकाे मूल्यले आज फेरि उकालाे यात्रा तय गरेकाे छ ।

हिजाे (आइतबार) तोलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार २ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (साेमबार) फेरि तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको