Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएन सुनको उकालाे यात्रा !

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, ११ : १७ मा प्रकाशित

राेकिएन सुनको उकालाे यात्रा !

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा यस साताकाे पहिलाे दिन बाट नै निरन्तर बढ्दै गइरहेकाे सुनकाे भाउ बढ्ने क्रम अझै पनि रोकिएकाे छैन ।  आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

आज (मंगलबार) पनि सुनकाे मूल्य तोलामा ९ सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार ४ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ९५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको