Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो पेट्रोलको मूल्य

अर्थ संसार

मंगलबार, १६ भदौ २०७७, २० : ०६ मा प्रकाशित

फेरी बढ्यो पेट्रोलको मूल्य

अर्थ संसार, काठमाडौं । नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी  पेट्रोलको मूल्य वृद्धि गरेको छ ।  पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुरुप पछिल्लो पटक ईण्डियन आयल कारपोरेशनबाट प्राप्त मूल्य अनुसार नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

मूल्य वृद्धिसँगै अबका दिनमा प्रतिलिटर पेट्रोललको मूल्य १०७ रुपैयाँ पर्ने भएको छ । तर निगमले डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल।पि।ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन भए पश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ ले नेपालतर्फ सस्तो रहेको रहेको समेत निगमले जानकारी दिएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको