अर्थ संसार, काठमाडौं – नेपाली बजारमा यस साताकाे पहिलाे दिन बाट नै निरन्तर बढ्दै गइरहेकाे सुनकाे मूल्य आज (बुधबार) भने ह्वात्तै घटेकाे छ । 
मंगलबार तोलामा ९ सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार ४ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य बुधबार भने ताेलामा १२ सय रुपैयाँले घटेर प्रतिताेला ९७ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे १२ सय रूपैयाँले नै घटेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । 
त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँले घटेर प्रतिताेला १ हजार ३ सय ६५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।
 कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस