Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १० : ४३ मा प्रकाशित

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा हिजाे बुधबार पनि घटेकाे सुनकाे मूल्यले आज (बिहीबार) पनि ओरालाे यात्रा तय गरेकाे छ ।

बुधबार ताेलामा १२ सय रुपैयाँले घटेर प्रतिताेला ९७ हजार २ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बिहीबार) पनि  ताेलामा ७ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ७ सय रूपैयाँले नै घटेर प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलाकाे २० रूपैयाँले घटेर प्रतिताेला १ हजार ३ सय ४५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको