Like us!
Follow us!
Connect us!
Watch us!

बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियमह्याचब्याक अब नेपालमा

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १६ : २५ मा प्रकाशित

बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियमह्याचब्याक अब नेपालमा

अर्थ संसार, काठमाडौं - नेपालकालागि टाटा मोटर्सको एकमात्रआधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधिमार्फत आजदेखि नेपालीबजारमा सार्वजनिक गरेको छ । 

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले सकारात्म कप्रतिकृया पाइरहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार तोकेको छ ।

साथै सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । 
टाटा अल्ट्रोज -ALFA_अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरेअफ इण्डष्ट्रिज – फस्ट,  ग्लोबल एनक्यापमाफाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्गडाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन । 

उक्त गाडीमा जडित १.२ लिटरको रेभोट्रनइन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ ।यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्गडाइनामिक्स र इन्धनखपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ । 

साथै यस सेग्मेन्टमै उत्कृष्टलेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएको छ । आइडलस्टप स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्गवाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाकालागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु रहेका छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको