Like us!
Follow us!
Connect us!
Watch us!

बजाजले ल्यायो चाडपर्व अफर

अर्थ संसार

सोमबार, ०५ असोज २०७७, ०८ : ०८ मा प्रकाशित

बजाजले ल्यायो चाडपर्व अफर

अर्थ संसार, काठमाडौं – दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “खुसी खोज्ने होइन रोज्ने” भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको छ । 

दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारको नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा  {ब्याज वा २ }  प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ ।

हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको