Like us!
Follow us!
Connect us!
Watch us!

बजाजले ल्यायो ‘शार्पर देन एभर’ नयाँ पल्सर एनएस २०० र एनएस १६०, यस्तो छ मूल्य

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १० : ४६ मा प्रकाशित

बजाजले ल्यायो ‘शार्पर देन एभर’ नयाँ पल्सर एनएस २०० र एनएस १६०, यस्तो छ मूल्य

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० बजारमा ल्याएको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यी दुई मोटरसाइकलले अत्याधुनिक राइडिङ अनुभव प्रदान गर्ने दाबी गरे । कम्पनीका अनुसार पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी प्रदान गरिएको छ ।

‘अत्याधुनिक बीएसभीआई इन्जिनयुक्त यो मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८।७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स प्रदान गर्दछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता यसमा रहेको कम्पनीको दाबी छ ।

त्यस्तै पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन छ । यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । दुबै पल्सर बाइकमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ । पल्सर एनएस २०० को मूल्य नेपाली बजारमा ४ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ भने एनएस १६० को ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको