Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओमा लगानीकर्ताको ओहिरो, पहिलो दिनमै माग भन्दा धेरै पर्यो आवेदन !

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १७ : ३८ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओमा लगानीकर्ताको ओहिरो, पहिलो दिनमै  माग भन्दा धेरै पर्यो आवेदन !

अर्थ संसार, काठमाडौं–  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि निष्काशन गरेको साधारण सेयर (आइपिओ) मा पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटलको अनुसार आइतबार  ५ : ३० बजेसम्म  ९५ हजार ८  ५० जनाले ३१ लाख ७७ हजार ५ सय कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट  आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।
 यस कम्पनीले निष्काशन गरेकोआइपिओमा आवेदन माग भन्दा धेरै परेकोले न्यूनतम १० कित्ता अर्थात एक हजारमात्र लगानी गर्नुपर्दछ । 

General Insurance Company को IPO को सम्पूर्ण जानकारी || कम्पनी कस्तो छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको