Like us!
Follow us!
Connect us!
Watch us!

दशैं खर्च जुटाउन नबिल बैंकले ल्यायो शेयर धितो कर्जा, वार्षिक ७.७५ प्रतिशत ब्याज

अर्थ संसार

आइतबार, ११ असोज २०७७, २१ : १२ मा प्रकाशित

दशैं खर्च जुटाउन नबिल बैंकले ल्यायो शेयर धितो कर्जा, वार्षिक ७.७५ प्रतिशत ब्याज

अर्थ संसार, काठमाडौं  -नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।  शेयर धितो राखेर  ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५%को आकर्षक ब्याजदरमा उपलब्ध  हुने बैंकले जनाएको छ । 

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ  केन्द्रित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको