अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरि भोलि (असोज १३ गते मंगलबार) देखि बिक्रीका खुल्ला गर्ने भएको छ ।
कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गतेदेखि असोज १९ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
इन्स्योरेन्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस