Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार डटकमको प्रधान सम्पादकमा घिमिरे पुन : नियुक्त

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १२ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-अर्थसंसार डटकमको प्रधान सम्पादकमा लीलानाथ घिमिरे पुनः नियुक्त भएका छन् । सिन्धुलीलाई कर्मक्षेत्र बनाएर लामो समय पत्रकारिता गरेका घिमिरे अर्थसंसार डटकममा दोस्रो पटक प्रधान सम्पादक भएका हुन् । प्रधान सम्पादक घिमिरेसँग कान्तिपुर दैनिकमा २२ बर्ष काम गरेको अनुभव छ ।

कान्तिपुर दैनिकमा बरिष्ठ उपसम्पादकसम्म भएर उनले अर्थ बाणिज्य ब्युरोमा काम गरे । त्यहाँ रहँदा उनले सूचना प्रविधि र बजारबारे कलम चलाउँदै आएका थिए । घिमिरेले अमेरिकाको न्युयोर्कमा रहेर त्यहाँको नेपालय पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए । उनले अमेरिकाबाट कारोबार दैनिक र अनलाइन खबर डटकमको संवाददाता भएर रिपोटिङ्ग गरेको गरेका थिए । 

उनले जम्नथलो सिन्धुलीको पहिलो दैनिक पत्रिकका प्रभातफेरि, पहिलो पाक्षिक पत्रिका सिन्धुलीगढीको सम्पादक प्रकाशक भएर प्रकाशन सुरु गरेका थिए । उनकै सम्पादकत्वमा सिन्धुलीबाट जनप्रभात साप्ताहिक पनि प्रकाशन भएको थियो ।

उनी कानुन ब्यवसायी र सामाजिक अभियन्ता पनि हुन् । उनले समृद्ध सिन्धुली अभियानको संयोजक भएर सिन्धुली जिल्लालाई चिनाउन भूमिका निर्वाह गरिरहेका छन् । अर्थसंसार डटकम ब्यबस्थापनले घिमिरेको नेतृत्वमा नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको