Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन कार्तिक १ गतेदेखि लागू हुने गरी घटाउन लगानीकर्ता संघहरुको माग

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १८ : ३२ मा प्रकाशित

ब्रोकर कमिसन कार्तिक १ गतेदेखि लागू हुने गरी घटाउन लगानीकर्ता संघहरुको माग

अर्थ संसार, काठमाडौं– कार्तिक १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग विभिन्न लगानीकर्ता संघले माग गरेका छन् ।

सोमबार  नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानी संघका पदाधिकारीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगको छलफलमा   कार्तिक १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन  घटाई लगानीकर्तालाई  दशैंको उपहार दिन आग्रह गरेका हुन् ।

 लगानीकर्ताले हाल शेयर खरिदबिक्री गर्दा लिएको ब्रोकर कमिसन ०.४ देखि ०६ प्रतिशत घटाई ०.२५ प्रतिशतदेखि बनाउन बोर्डसँग लगानीकर्तासघंहरुले  माग गरेको नेपाल पुँजीबजार लगानी संघका अध्यक्ष पोखरेलले बताईन  । 

यता, बोर्डले पनि ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भैरहेको बताएका छ । 'सवै काम अनलाइन प्रणालीबाट हुने भएपछि अहिलेको ब्रोकर कमिसन धेरै हो' बोर्डका अध्यक्ष ढुंगानाले भने -' कार्तिक १ गतेदेखि भनेर मिति नै तोक्नु भन्दा पनि छिटो छिटो ब्रोकर कमिसन घटाउन बोर्डले कामकारवाही सुरु गरिसकेको छ । '

लगानीकर्ताले ब्रोकर कमिसन धेरै भयो भन्दै अहिले सवै तिर आवाज उठ्दै आएको छ । 

 छलफलमा लगानीकर्ताका पदाधिकारीले बोर्डका अध्यक्ष ढुंगानामा सामू  नेप्सेका अनलाइन प्रणालीमा आएको समस्याको समधानको विषयत लगायतको विषयमा आवाज उठाएका थिए ।

 लगानीकर्ताको उठाएको प्रश्नमाथि उत्तर दिदैं बोर्डका अध्यक्ष ढुंगानाले शेयर बजारमा आएका समस्यालाई समधान गर्न बोर्डले कामकारवाही गर्दै आएको र आउने दिनमा अझ सशक्क्त रुपमा अगाडि बढ्ने बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको