Like us!
Follow us!
Connect us!
Watch us!

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १६ : ३८ मा प्रकाशित

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अर्थ संसार, काठमाडौं - ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्यन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 
सरकारले २०७७ भदौ २८ गते ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । 

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले यही असोज २२ गतेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै सोही दिन दुवैपक्षलाई छलफलका लागि बोलाएको छ  ।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा ओम्नीले तोकिएको मापदण्डअनुसार स्वास्थ्य सामग्री खरीद नगरेको भन्दै सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध ओम्नीका सञ्चालक पारस केसीले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय बदर गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

सार्वजनिक खरिद कार्यालयले ओम्नीलाई एक वर्षसम्म कालोसूचीमा राखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको