Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर बिक्रीका लागि खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, ०६ : ३० मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर बिक्रीका लागि खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरि आज (असोज १३ गते मंगलबार) देखि बिक्रीका लागि खुल्ला भएको छ ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो । 
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  लगानीकर्ताले असोज १३ गतेदेखि असोज १९ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

इन्स्योरेन्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको