Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको बिमाशुल्क ११४.६२ प्रतिशतले बढ्यो, नाफामा पनि वृद्धि

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, ०७ : ४५ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको बिमाशुल्क ११४.६२ प्रतिशतले बढ्यो, नाफामा पनि वृद्धि

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ४ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा एक करोड ८ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३ करोड १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, गत आर्थिक वर्षकाे तुलनामा कम्पनीले यस आर्थिक वर्षमा ११४.६२ प्रतिशतले खुद बिमा शुल्क आर्जन गरेको छ ।  पहिलो त्रैमासमा कम्पनीले ९६ करोड २६ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्षकाे यही अवधीमा कम्पनीले ४४ करोड ८५ लाख २० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ४१.८७ प्रतिशतले बढेर ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ५ अर्ब ६९ करोड १२ लाख ३० हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६२ लाख रूपैयाँ र जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको